पर्यटनको विकास तथा प्रवर्धन गर्नको लागि यस गाउँपालिकाले पर्यटकीय मार्ग पदमार्गहरुको पनि निर्माण थालनी गरेको पाइन्छ । यस क्रममा वडा नं.३, सेर्तुङमा रहेको फेन्चेत पदमार्ग पनि एक हो । यो पदमार्ग सर्वाङ (कमेरामाटोको खाल्डो) देखि गल्कासम्म रहेको छ । यो लगभग ३ किलोमिटर लामो रहेको छ । वडा नं.५, लापा ठूलो गाउँमा रहेका पर्यटन मार्गहरु धारा कपुङ पदमार्ग, रुप्चेत लेपिने पदमार्ग रहेका छन् । यसरी रुवीभ्याली गाउँपालिका पर्यटन विकास पूर्वाधार निर्माणमा क्रमिक रुपमा आफुलाई अगाडि बढाइरहेको पाइन्छ ।