यो गाउँपालिकामा धेरै गुम्बाहरु रहेको छन् । गुम्बाहरु पुरातात्विक तथा सांस्कृतिक रुपमा महत्व राख्दछन् । त्यसरी नै गुम्बाहरुमा बौद्ध ज्ञानसम्बन्धी अध्यापन हुन्छ । वडा नं.१, लब्दुङमा पुरु गुम्बा, लिङजो गुम्बा, च्याम्बेधुङ गुम्बा रहेका छन् । वडा नं.२, तिप्लिङमा ख्यादेत् गुम्बा, वडा नं.३, सेर्तुङमा फेन्जेत गुम्बा, खतेन गुम्बा, पङगङ गुम्बा गुम्बा रहेका छन् । फन्जेत गुम्बा १० पुस्ता अगाडि स्थापना भएका अनुमान छ (तामाङ, वि.सं.२०६९, पृ.३१) । इतिहासको अध्ययनमा एक पुस्ता बराबर २५ वर्ष मानिन्छ (रेग्मी, वि.सं.२०५३, पृ.३१) । यस आधारमा हेर्ने हो भने २५ह१०=२५० वर्ष पुरानो अर्थात् आजभन्दा अगाडि वि.सं.१८३१ वरपर स्थापना भएको देखिन्छ । वडा नं.४, बोराङमा दरजुङ समये छोलिङ गोन्पा नामको पुरानो गुम्बा रहेको छ । यहाँ जेठ पूर्णिमा, असार पूर्णिमा र न्यक्ग्रेह्न भदौ पूर्णिमामा पूजा गरिन्छ, । यहाँ गाउँलेहरुलाई केही नहोस् भनेर म्होलम पूजा गरिन्छ । यही वडामा छोप्ता, सदाच्या, छङ्न्येनयु, च्यामिमुदुङ गुम्बाहरु रहेका छन् ।