यहाँका धार्मिक तथा सांस्कृतिक केन्द्रहरुमा चर्चहरु पनि रहेका छन् । यी चर्चहरुले क्रिश्चियन दर्शन, शिक्षा र सांस्कृतिक व्यवहारप्रति जोड दिएको पाइन्छ । यो क्षेत्रमा चर्चहरुको बिस्तार भएको धेरै समय भएको छैन । वडा नं.१, लब्दुङमा ४ वटा चर्चहरु, वडा नं.२, तिप्लिङमा ४ वटा चर्च रहेका छन् । वडा नं.३, सेर्तुङमा एउटा सेर्तुङ विजय मण्डली चर्च रहेको छ । वडा नं.४ अन्तर्गत बोराङ आशिष मण्डली, चालिस चट्टान मण्डली, अवई मण्डली रहेको छ ।