कालो दह नजिकै सेतो दह पनि रहेको छ । यो दह ४२०० मिटरमा हिन्दुङ भन्ने ठाउँमा रहेका छ् । कालो दहको पूजा सकेपछि यो दहको पूजा गरिन्छ । सेतो दहको पूजा गरेर यो सालको भदौ पूर्णिको पूजा समापन हुन्छ । वडा नं.२, तिप्लिङमा गोठ्यान कुण्ड रहेको छ । यहाँ भैँसी र भैँसीबाट उत्पादित वस्तुहरु लान मिल्दैन । कसैले लिएर गएमा विशाल पानी पर्छ भन्ने विश्वास छ । यही वडामा चेत्झुङ नामको कुवा पनि छ । यो कुवामा सुत्केरी आमाले केही दिनसम्म त्यहाँ जान मिल्दैन भन्ने विश्वास पाइन्छ । यी दहहरु बाहेक पनि नागपोखरी, गणेशकुण्ड आदि रहेका छन् । वडा नं.३, सेर्तुङको फेन्चेत हेममा, फेन्चेत हेहोबा दहहरु पनि रहेका छन् । वडा नं.४, बोराङमा डुब्सी दह रहेको छ । यहाँ माघ १ गतेका दिन लापा, सेर्तुङ र तिप्लिङ र खनियाबासका झाँक्रीहरूले पूजा गर्दछन् । यो समयमा मेला पनि लाग्ने गर्दछ ।