मुखिया दम्जोरोङ (बहादुर तामाङ) र मुखिया कलेबोम्बो मिलेर यिबह्ररचाह्म (पुल) बनाएको जनविश्वास छ । कलेबोम्बो चाहि मन्त्र र सिद्दि प्राप्त विख्यात झाक्री थिए । हाल उनको चौथो पुस्ताका स्यालचोरोङ बोम्बो (शेरबहादुर तामाङ) संग उनको मन्त्र र सिद्दिहरू रहेको जनविश्वास गरिन्छ । उनीहरुले गाउँका मान्छेले साह्रै दुःख पाएकोले उक्त पुल बनाएका थिए । पुर्खौली नासको रुपमा हाल पनि उक्त पुलको मर्मतसम्भार दिम्दुङ थरका तामाङहरुले नै गर्ने गरेको पाईन्छ ।