रूवीभ्याली गाउँपालिकाको अर्को आकर्षणको केन्द्र भनेको बाबिल खोलाको किनारमा रहेको तातोपानीको मुहान पनि हो । यो तातोपानी रुवीभ्याली गाउँपालिका, वडा नं.४, देसेहेङ खोलाको किनारमा रहेको छ । दुई विशाल पहाडको बिच भएर स्वच्छ चिसोपानीसहित छङछङ गर्दै देसेहेङ खोला बगिरहेको छ । यही खोलाको छेउमा तातोपानीको मूल निस्केको छ । यो मूललाई गाउँपालिकाले पाइपमार्फत् ल्याएर पोखरी बनाई नुहाउने कुवाको रुपमा व्यवस्थित गरेको छ । यद्यपि अहिलेसम्म यस तातोपानी दहको बारेमा आवश्यक प्रचारप्रसार अभाव छ भने त्यहाँ पुग्नलाई सहज बाटोको व्यवस्था हुन सकेको छैन । तर अहिले गाउँपालिकाले सडकको ट्रयाक पु¥याउन लागेको अवस्था छ ।